हिरो छोडेर भिलियन बनेका आरभजंग राणा उर्फ भानुप्रताप



bhanu-pratap
गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र हो ‘लक्ष्य’ । मिलन आले निर्देशित तथा सविन श्रेष्ठ, भानुप्रताप, अनु शाह लगायतको मुख्य अभिनय रहेको यो चलचित्रसँग सविनकै अभिनय रहेको अर्को चलचित्र ‘भाग सानी भाग’ पनि रिलिज भयो ।

एउटा बक्सर बन्ने लक्ष्य राखेको युवा सक्षम (सविन श्रेष्ठ)को सपना पूरा भएको कथामा चलचित्र घुमेको छ । ओमकिरण फिल्मस् प्रालिले निर्माण गरेको २ घन्टा ८ मिनेटको चलचित्र बक्सर बन्ने लक्ष्य लिएको सक्षमको प्रेम, झगडा र लक्ष्यमा नै केन्द्रित रहेर बनाइएको छ ।
चलचित्रमा सहरको नामुद बक्सर आरभजंग राणा (भानु प्रताप) को अन्तरकथा बुझ्ने प्रयास गरिरहेकी पत्रकार युवती (अनु शाह)लाई प्रताप (आरभजंगको भाई)ले लखेट्ने क्रममा सक्षमले बचाएपछि उसको बक्सर बन्ने योजनाको घुमाउरो अध्याय सुरु हुन्छ । बाँकी बुझ्न भने हलसम्म जानु पर्नेछ ।

आफुलाई हिरोको अफर आउँदा समेत केहि चलचित्र नखेलेका ‘लक्ष्य’का नेगेटिक क्यारेक्टर भानु प्रतापले यो चलचित्रबाट छुट्टै प्रतिक्रिया पाईरहेका छन् । नेगेटिभ रोलमा आफुलाई अब्बल छु भन्ने लागेर चलचित्रमा भिलियन देखिएका उनले तारिफ पाईरहन्छन् । उनको दमदार अभिनय र परिस्थिती अनुकुलको भूमिकालाई ‘लक्ष्य’मा न्याय गर्न सफल छन् । चलचित्र हलबाट बाहिरिँदा आरभजंग राणाको भुमिका दर्शकको मनमा रहिरहन सफल छ ।

भानु प्रताप अब आँफैले लगानीको चलचित्रबाट छिट्टै निर्माता पनि हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu