बाबु र यस कुमार कसरी बने ढुंगाका मान्छे (भिडियो)



yes-kumar-and-baboo-bogati
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाटो मुनीको फूल-२’ को ‘हामी त ढुंगाको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । गायक, निर्माता एवं कलाकार यसकुमारले निर्माण गरेको चलचित्र ‘बाटो मुनीको फूल-२’ को सार्वजनिक गीतमा यस कुमार र बाबु बोगटीको आवाज रहेको छ भने यशकै शब्द र संगीत रहेको छ ।

चलचित्रमा भीम न्यौपानेबाहेक चर्चित गायक यसकुमार, आशिष्मा नकर्मी, दिलिप रायमाझी, गायक तथा नायक बाबु बोगटी, ऋचा शर्मा, गणेश उप्रेती र शूभद्रा अधिकारीको प्रमुख भूमिका रहेको छ । चलचित्र ‘बाटो मुनीको फूल-२’ रिदम फिल्म्सको ब्यानरमा बनेको हो भने यसको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu