पलसँग माया माग्दैं बर्षा, ‘नाईँ नभन्नू ल ४’ को गीत सार्वजनिक (भिडियो)



paul-and-barsha-nnl4
ठुलोपर्दा डटकम, काठमाण्डौ।
दर्शकहरुको बहुप्रतिक्षित चलचित्र ‘नाईँ नभन्नू ल ४’ को ‘माग्ने बनायौ’ बोलको गीत सार्वजनिक भएको छ । चैत २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाईँ नभन्नू ल ४’ को सार्वजनिक गीतमा प्रल्हाद तिमल्सेना र इन्दिरा जोशीको आवाज रहेको छ भने बसन्त सापकोटाको संगीत र डा.कृष्णहरी बरालको शब्द रहेको छ ।

गीतमा चलचित्रकी नायिका बर्षा राउत चलचित्रका नायक पल शाहसँग माया मागिरहेको देख्न सकिन्छ भने पल भने चलचित्रकी अर्की नायिका आँचल शर्मासँग माया मागिरहेका छन् । म्युजिक भिडियोमा निकै रुचाइएको पलले यो चलचित्रमा नव नायिका बर्षा राउत र आँचल शर्मासँग रोमान्स गरेका छन् । आँचल र बर्षाको यो पहिलो चलचित्र हो । पल शाह, बर्षा राउत र आँचल शर्मासँगै यो चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मी, उत्तम के।सी, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ, आकाश पल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा पुरुषोतम प्रधानको छायाँकन, कपिल पराजुलीको कलर करेक्सन, अर्जुन जी.सीको सम्पादन, कविराज गहतराजको नृत्य, उत्तम केसी र विरेन्द्र शर्मा प्रोडक्शन म्यानेजर, एलिस कार्कीको पाश्र्व संगीत, हिमाल केसीको द्धन्द्ध, मुकेश शाहको मिक्सिङ्ग, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जि.सीको प्रोमो र विजय बस्याल र शान थापाको पोष्टर डिजाइन रहेको छ । त्यस्तै चलचित्रको गीत रचना विकास आचार्य, कृष्णहरी बराल, बसन्त सापकोटाको रहेको छ भने गीतमा राजेश पायल राई, सगुम पोखरेल, प्रल्हाद तिमल्सेना, प्रेम परियार, रजिना रिमाल र इन्दिरा जोशीको आवाज रहेको छ । विकास आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा एसोसिएट निर्देशकको रुपमा यस अघि नाईँ नभन्नू ल ३ निर्देशन गरेका मुस्कान ढकाल रहेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu