‘गाजलु’ जेठ २१ बाट, अनमोल र श्रृष्टीको हुनेछ रोमान्स



anamol-kc-and-shristhi-shrestha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘होस्टेल’, ‘जेरी’ र ‘ड्रिम्स’ चलचित्रका स्टार नायक अनमोल केसीले अभिनय गरेको चौथो चलचित्र गाजलुको रिलिज मिति सार्वजनिक गरिएको छ । ‘गाजलु’ जेठ २१ गते प्रदर्शनमा आउने पक्का भएको छ ।

वैशाख २४ गते रिलिज गर्ने चर्चा चलेपनि मिति पोष्टपोन्ड भएको थियो । चलचित्रका निर्माता रोहित अधिकारीले केहि दिनमा नै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिने बताए पनि वितरक कम्पनी एफडीले भने चलचित्र जेठ २१ मा रिलिज गर्ने तयारी गरिएको जानकारी दिएको छ । एफडीले यो चलचित्रलाई राम्रै ‘एमजी’ पनि दिइसकेको छ ।

चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu