‘लाज’ले जित्यो क्यानडामा ‘अडियन्स च्वाइस अवार्ड’



laaj
ठुलोपर्दा डटकम।
‘सातौं टोरन्टो नेपाली फिल्म महोत्सव’ २० मार्चमा क्यानडामा सम्पन्न भएको छ । महोत्सवमा सुशान प्रजापतिको चलचित्र ‘लाज’ले ‘अडियन्स च्वाइस अवार्ड २०१६’ जितेको छ । सर्ट चलचित्र लाजले दर्शकको मन जितेका कारण अडियन्स च्वाइस अवार्ड दिएको हो । चलचित्र ‘लाज’मा भूमिपुत्र थारू जातिको सांस्कृतिक पाटोलाई उजागर गर्नका लागि उनीहरुका लवाई, खवाई, चाडपर्व, नाच–गान र जीवनशैलीलाई पर्दामा उतारिएको छ ।

त्यसैगरि २०५७ सालमा मुक्त घोषणा गरिएका मुक्त कमैयाँहरुका गरीबीलाई देखाइएको छ । जहाँ विभिन्न समयमा राजनीतिक नेताहरुले दिएको आश्वासन र उनीहरुप्रति गरिएका अन्याय, शोषण र दमन गरिएको हृदयविदारक घटना र दलहरुको फोहोेरी राजनीतिप्रतिको व्यङ्य प्रहार पनि गरिएको छ । आइडियज एण्ड इमेज प्रा.लि.द्वारा निर्माण गरिएको चलचित्र लाजको निर्देशन सुसन प्रजापति र सहनिर्देशन सन्तोष दाहालले गरेका हुन् ।

त्यसैगरि अजित लामिछानेको कथा र पटकथा, उज्ज्वल ढकालको सम्पादन र गगन श्रेष्ठ र कुशल पोख्रेलले निर्माण नियन्त्रकको भूमिका निभाएका छन् । यस चलचित्रमा साहित्यकार छविलाल कोपिला, सीता दहित, अजित लामिछाने, कल्पना श्रेष्ठ, नित्यानन्द शर्मा, विरेन्द्र चौधरी लगायत दङ्गाली कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu