एक बर्षपछि आफैंले चलचित्र बनाउँदै स्वेता, काठमाडौंमा कफी सप खोल्दै



Sweta-khadka-new-movie
विवाह भएको एक महिनामै श्रीमान तथा नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनबाट शोकाकुल श्रीमती तथा नायिका श्वेता खड्का विस्तारै शोकलाई शक्तिमा बदल्न खोजिरहेकी छिन् । हालै दरबारमार्गस्थित राइजिङ मलमा रहेको बिइङ ह्युमेनको शोरुममा देखिएकी श्वेता व्यवसायमा भने फर्किसकेकी छिन् ।

उक्त मलमा उनले कफीसप सञ्चालनमा ल्याएकी छिन् भने निकट भविष्यमा काठमाडौंका विभिन्न स्थानमा कफी सपहरू सञ्चालनमा ल्याउँदैछिन् । त्यसका साथै बालुवाटारमा अत्याधुनिक व्यायाम क्लब पनि निर्माण गर्दैछिन् । शोकका कारण लामो समय घरमा बस्दा डिप्रेसनको शिकार हुन पुगेकी श्वेताले काममा व्यस्त हुँदा आफूले केही सहज महसुस गर्न थालेको बताइन् ।

चलचित्रमा फर्कने कुरामा साप्ताहिकसँग श्वेताले भनिन्– ‘अब एक बर्षपछि आफैं चलचित्र बनाउँछु र त्यही चलचित्रबाट म यो क्षेत्रमा फर्कन्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu