जेष्ठ छोड्दै भाद्र १० मा ‘शकुन्तला’



sakuntala-1st-looks-feat
ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेष्ठ १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीका साथ लागेको चलचित्र ‘शकुन्तला’को प्रदर्शन मिति पछाडी सारिएको छ । केहि प्राविधिक कारणले गर्दा जेष्ठ १४ गते प्रदर्शन गर्न नसकिएको चलचित्रका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार अब यो चलचित्र भाद्र १० गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । विदेशबाट उल्लेख्य माग रहेको बताईने यो चलचित्रमा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ । श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा नायिका अनु रिपोर्टरको भुमिकामा देखा परेकी छिन् ।

सस्पेन्स कथाबस्तु भएको यो चलचित्रमा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu