ब्याटम्यान भर्सेज सुपरम्यान’को कमाईले बनायो रेकर्ड



Batman-vs-superman
गएको शुक्रबारबाट प्रदर्शनमा आएको ज्याक स्नाइडर निर्देशित चलचित्र ‘ब्याटम्यान भर्सेज सुपरम्यानः डन अफ जस्टिस’ले हलीउड वक्स अफिसमा किर्तिमानी कमाइ गरेको छ। चलचित्रले विगतका किर्तिमानहरूलाई पन्छाउँदै १७०.१ मिलियन अमेरिकी डलरको कमाइ गरेको बताइएको छ ।

चलचित्रको विश्वव्यापी सप्ताहन्त कमाई ४२४.१ मिलियन डलर रहेको छ। ज्याक स्नाइडर निर्देशित चलचित्रलाई डिसी कमिक्सले निर्माण गरेको हो । चलचित्रमा ब्याटम्यान र सुपरम्यानको दन्वदको कथा रहेको छ । चलचित्रमा बेन एफ्लेक, हेनरी केभिल, एमी एडमको मुख्य भूमिका रहेको छ ।

समिक्षकहरूबाट चर्को आलोचना खेपिरहेको यो चलचित्रले डिसी कमिक्स पूर्व चलचित्रहरूको कमाइ तोड्दै अमेरिकाको गरेलु वक्सअफिसमा सप्ताहन्तमा सबैभन्दा धेरै कमाइ गर्ने छैटौं चलचित्रको सूचिमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu