कपिल र कृष्णाको प्रतिस्पर्धा चुलिँदै, दर्शकले छान्दैछन् कपिल



Kapil-and-Krishna
बलिउडका दुई चर्चित हास्यकलाकार कपिल शर्मा र कृष्णा अभिषेकबीचको प्रतिस्पर्धा चुलिँदै गएको छ । ‘द कपिल शर्मा सो’ सोनी टेलिभिजनबाट बेलुका ९ बजे प्रसारण हुने कुरा थाहा पाएपछि कृष्णाले भनेका छन्— ‘एकदमै राम्रो भयो, उनले आफ्नो कार्यक्रम ९ बजे राखेछन्, नत्र हाम्रा दर्शक बाँडिने थिए, त्यसले टीआरपीमा समेत असर पार्ने थियो, जुन राम्रो हुँदैनथ्यो ।’

केही अघि कपिलले सोका बारेमा जानकारी दिने क्रममा ९ देखि १० बजेसम्म आफ्नो कार्यक्रम हेरेर दर्शकलाई सुत्न आग्रह गरेका थिए । शर्माको इसारा अरू कार्यक्रम खासै हेर्न लायक नभएको भन्नेतर्फ थियो । हुन त कमेडी सर्कसका उत्पादन यी दुई कलाकारबीच सुरुवातदेखि नै प्रतिस्पर्धा रहेको स्वयं कृष्णाले नै पुष्टि गरेका छन् । तर अहिलेको अवस्था हेर्ने हो भने कपिल शर्मालाई दर्शकहरुले अत्याधिक मनपराएका छन्, जस कारण पनि यति बेला लाखौं दर्शक कपिलको नयाँ शो हेर्न आतुर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu