भारतको दुस्प्रयासमाथी धावा बोल्दै ‘जन्मभूमि’



janmabhumi-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमी चैत्र १९ मा आउने भएको छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्र निर्माण गरीएको साथै चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको चलचित्र भएको निर्देशक मोहन निरौलाले वताए ।

निर्देशक निरौला भन्छन्, ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु, हेरौ कतिको सफल हुन्छु’ । झण्डै २० बर्ष अगाडी निर्माण तथा प्रदर्शन गरिएको चलचित्र ‘जन्मभूमी’लाई पुनः नयाँ परिवेष र पात्रहरुको चयन गर्दै राष्ट्रियता विरुद्ध षडयन्त्र र खाइखेली गर्ने दलालहरुलाई जनताले कुनैपनि हालतमा छोड्दैनन् भन्ने सन्देश दिनेगरी सोही नामको चलचित्र दर्शकसामु ल्याउने प्रयास गरीएको लेखक तथा निर्देशक मोहन निरौलाले जानकारी दिए ।

स्वाभिमानी नेपालीको सार्वभौम सत्ता र राजनीतिमाथी भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप, सिमा अतिक्रमण, हालसालै गरिएको अमानवीय भारतीय नाकाबन्दी र नेपाललाई उपनिवेश जस्तो बनाउन खोज्ने भारतको दुस्प्रयासमाथी धावा बोल्दै चलचित्र ‘जन्मभूमि’ तयार पारिएको छ । खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको चलचित्र भएको बताईएको छ । निर्देशक निरौलाकै कथा तथा पटकथा रहेको यस चलचित्रको निर्माणमा निर्माता सुरज गिरी, कार्यकारी निर्माता लक्ष्मी शर्मा र सह–निर्माता कविता निरौलाको योगदान रहेको छ । त्यस्तै चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौला को शसक्त अभिनय हेर्न सकिनेछ ।

चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । जन्मभूमी स्वाधिन नेपालको रक्षार्थ राष्ट्रिय भावना जागृत गराउने र आफ्नो माटो प्रति आगाध प्रेम दर्शाउने सवैमा समर्पित गर्दै यहि चैत १९ बाट देशभर एकैसाथ लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu