नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले कन्सर्ट गर्दै



vibesठुलोपर्दा डटकम, काठमाण्डौ। अमेरिकी शहरमा प्रस्तुत हुादै आएको लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले अब पहिलोपटक नेपालमा पनि आफ्नो प्रस्तुति दिने भएको छ । व्याण्डले आगामी शुक्रबार पाटन संग्रहलायमा पहिलोपटक कन्सर्ट गरी दर्शकलाई रकिङ गराउने भएको छ । द भाइब्जको साथमा अर्को चर्चित ब्याण्ड द अग्लिज पनि हुने छ । चुज अर लुज नाममा यी दुई ब्याण्डले रकिङ गराउने कार्यक्रमलाई कन्सर्टलाई नेपाल आईसले प्रस्तुत गर्न लागेको हो । कन्सर्टका लागि दुबै व्याण्डले एक साथ अभ्यास गरिरहेका छन् ।

कन्सर्टमा द अग्लिज व्याण्डकासरुन ताम्राकार भने प्राविधिक कारणले अनुपस्थित रहने छन् । कन्सर्ट बेलुकी छ बजे शुरु हुने छ।
‘विश्वका सबै युवाहरु राजनीतिमा सक्रिय रहँदैनन् । उनीहरु मतदान गर्ने कर्तव्य समेत पालना गर्दैनन् । हामीले सहि नेतृत्व चयन गर्न सक्नुपर्छ’ भाईब्जका ड्रमर दिरेकलाल श्रेष्ठले भने, – ‘हामीले एमटीभीले अमेरिकाबाट शुरु गरेको यो क्याम्पियनका आधारमा नेपाली युवामाझ यो क्याम्पियन गर्न लागेका हौं । भाईब्जले अमेरीकासँग के सिकेको छ नेपाली युवाहरुसँग सेयर गर्दैछ । भविष्य हाम्रो हो । यदि हामी आफ्नो भविष्यलाई उज्जवल पार्न चाहन्छौं भने हामीले मतदान गर्नैपर्छ । आफ्नो नेता आफौले चयन गर्नुपर्छ ।’
कन्सर्टमा द भाइब्जले आफ्नो पहिलो एलबम द भाइब्ज जेनेरेशनका थाकी सके, त्यही पल, आमा तथा दोस्रो एलबम को हुँ मका फसें म, हाम्रो तारा , को हुा मलगायतका हिट नम्बर सुनाई दर्शकलाई रकिग गराउनेछ । त्यसै गरी द अग्लिजले आफ्नो हिट गीतहरु आउादै जाँदै, मायाका साथमा केही अंग्रेजी गीत पस्केर दर्शक उचाल्ने कोशिष गर्नेछ । द भाइब्जका तर्फबाट भोकलिष्ट प्रइन सिंह, ड्रमर दिरेकलाल श्रेष्ठ, गितारिस्ट रुपक लामा, बाँसुरी उमेश पण्डित कन्सर्टमा प्रस्तुत हुनेछन् भने अग्लिजका तर्फबाट ड्रमर तथा भोकलिष्टका रुपमा रकिनलाल श्रेष्ठ प्रस्तुत हुनेछन् भने लिड गितारमा सुदिप ताम्राकार, वेस गितारमा माणीक बानियाँ, किबोर्डमा सचिन बज्राचार्य प्रस्तुत हुनेछन् ।

दोस्रो एलबम को हुं मको सार्वजनिक गरेलगत्तै ब्याण्डले नेपालमा पहिलोपटक बृहत कन्सर्ट आयोजना गर्न लागेको हो । अघिल्लो शुक्रबार पनि भाइब्ज ब्याण्ड राजधानीवासीमाझ एक सांगीतिक कार्यक्रममार्फत प्रस्तुत भएको थियो । राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा एनआएरएनद्वारा आयोजित कार्यक्रममा युथ प्रोग्राम शुभारम्भ गर्दै व्याण्डले आफ्नो सांगितीक प्रस्तुतिको अलावा पछिल्लो एलबम को हुं ममा रहेको गीत फसें मको म्युजिक भिडियोको वल्र्ड प्रिमियर गरेको थियो ।

पहिलो एल्बम द भाइब्ज जेनेरेशनबाटै नेपाली सांगितीक आकाशमा धुम मच्चएको द भाइव्जले त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हुँ म बजारमा ल्याएको छ ।

नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रिय रहेको ब्याण्ड द भाईब्जले रक संगीतमा पनि उच्चस्तरको गीतसंगीतमा मात्र विश्वास राख्ने र सोही बमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै चार वर्षको अन्तरालपछि मात्रै दोस्रो एलबम तयार पारेको बताएको छ । यसअघि सन् २००९ मा पहिलो एल्बम द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो । नेपाल र अमेरिकाका नेपाली रकप्रेमीद्वारा अत्यधिक रुचाइएको ब्याण्डले एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल भएको थियो भने सोही एल्वमको थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्टस्थान कायम गरेको थियो ।

सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियां (१० हजार डलर) को लागतमा निर्माण भएको थियो । व्याण्डको दोस्रो एलबममा कुल ७ गीत रहेका छन्। यसमा पप रक र आधुनिक गीतका साथमा अंग्रेजी गीतसमेत संगृहित गरिएको छ । एल्वममा हाम्रो तारा, फसें म, निर्मोही, को हुं म र अवेकन गरी ५ नयां गीत छन् भने बोनस गीतका रूपमा बन्धक र तस्वीर तिम्रो बोलका गीत संगृहित गरिएको छ । एल्बमका यी गीतमा जयराज गौतम, मानोषी सिंह, शरद युवराज सिंह, रूपक लामा, रामकुमार श्रेष्ठ र प्रतिमा प्रधानका रचना छन् भने यसको गीतमा श्रुति सिंह र अमेरिकन सिंगर निकोल पार्नेलले फिचरिङ गरेका छन् । एल्वममा रहेको २ गीतको म्युजिक भिडियो नेपालमा खिचीएको छ भने १ गीत अमेरिकामा खिचिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu