‘ड्रिम्स’ लिएर कोरिया पुगे भुवन र अनमोल



bhuwan-anmol-at-korea
नायक भुवन केसी तथा युवास्टार नायक अनमोल केसी आफ्नो भर्खरै प्रदर्शनमा आएको सुपरहिट नेपाली चलचित्र ‘ड्रिम्स’ लिएर कोरिया पुगेका छन् ।

भुकम्प प्रभावित विद्यालयाको पुनस्निर्माणमा सहयोग पुर्यामउन एक्टिभ युथ कोरियाले कोरियाको सउलमा यहि अप्रिल ३ तारिख (ठिक १२ बजे) एक्टिभ युथ ग्रुपको आयोजनामा हुन लागेको उक्त भब्य कार्यक्रमलाई बिशेष सफल बनाउन तथा कोरियामा रहेका नेपाली दर्शकहरुसंगै बसेर चलचित्र हेर्न भुवन र अनमोल कोरिया पुगेका हुन् ।

नेपालमा तेस्रो हप्तासम्मप्रदर्शन भईरहेको ड्रिम्स कोरियामा पनि उत्तिकै ब्यग्र प्रतिक्षाको चलचित्र बनी रहेको छ । ‘होस्टेल’ र ‘जेरी’ चलचित्रबाट दर्शक माझ स्टार नायकको रुपमा छवि बनाएका नायक भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ड्रिम्स’ लाई भुवन केसीले नै निर्माण र निर्देशन गरेका हुन् ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो चलचित्रमा अनमोलसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu