मंसिर १० मा दयाहाङको ‘पुरानो डुङ्गा’



purano-dunga-release-date
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘पुरानो डुङ्गा’ काका निर्देशक रामबाबु गुरुङले यसको रिलिज मिति सार्वजनिक गरेका छन् । आगामी मंसिर १० मा ‘पुरानो डुङ्गा’ चलचित्र रिलिज हुने जानकारी निर्देशक गुरुङले फेसबुकमार्फत दिएका हुन् । मंसिर १० मा ‘पुरानो डुङ्गा’ रिलिज हुने उपयुक्त मिति लागेको भन्दै निर्देशक गुरुङले फेसबुकमा लेखेका छन् ।

तालको किनारमा डुंगा चलाएर परिवार पालिरहेको पात्रको कथामा आधारित चलचित्रको सुटिङ पोखरा वरपरमा गरिएको हो। चलचित्र पुरानो ड्ंगामा पारिवारिक र सामाजिक पृष्ठभूमिलाई फिल्ममा केन्द्रित गरिएको छ । माओत्से गुरुङको कथालाई चलचित्रलाई निर्देशक गुरुङ र कवि उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेका हुन्। सिनेमा आर्टको ब्यानर र माओत्से गुरुङ फिल्म्स्ले निर्माण गरेको हो ।

चलचित्रमा प्रियंका कार्की, दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, नौजङ गुरुङ, सजन थापा र विश्वास गुरुङ लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu