एक हजार करोड कमाउने लक्ष्यमा ‘कृष-३’, आधा टिकट बुकिङ्



krish3ठुलोपर्दा डटकम। ऋतिक रोशनको नयाँ फिल्म ‘कृष-३’ तमाम कानुनी अड्चनका बावजूद यो हप्ता रिलिजको लागि तयार रहेको छ। निर्मातामाथी कथा चोरिएको आरोपका बीच अदालतले यो फिल्मलाई रोक लगाउन इन्कार गरिदिएको छ।

कृष-३ भारतका एकचालिस सय हलहरुमा लाग्दैछ भने भारत बाहिर नेपाल लगाएत सयौँ हलहरुमा लाग्दैछ। बुधवार सम्न यो फिल्मको आधा टिकट बुक भइसकेका छन्। फिल्म निर्माता तथा निर्देशक राकेश रोशनले आफ्नो चलचित्रको कारोबार एक हजार करोड पुर्याउने लक्ष्य लिएको बताएका छन्। यसो भएमा यो एउटा इतिहास बन्नेछ।

कृष-३ को टिकट बुकिङ् अक्टुवर २७ बाट सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu