म को हुँ भनेर सावित गर्न आवश्यक छैन: अक्षय कुमार



Akshay-Kumar-1
बलिउड अभिनेता अक्षय कुमारका अनुसार अब उनि सुपरस्टार हुन् या होइनन् यो साबित गर्न आवश्यक नरहेको बताएका छन् । अक्षय कुमार बलिउड चलचित्र इन्डस्ट्रीमा प्रवेश गरेको अढाई दशक भन्दा ज्यादा भएको छ ।

गैर चलचित्रबाट बलीउडमा पाइला अगाडी बढाएका अक्षय कुमार बलिउडमा एक सुपरिचित नाम हो । अक्षय भन्छन्, ‘म चलचित्र, परिवार र आफ्नो प्रशंसकहरुलाई खुशी राख्नलाई खेल्दछु। किनभने म आफैलाई म को हुँ भनेर सावित गर्न आवश्यक छैन ।’ अक्षयले बलिउडमा फरक फरक धारमा काम गरिसकेका छन् । अक्षयको आगमी चलचित्र ‘रोबोट २’ हो । जसमा उनि खलनायकको भुमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu