अनमोल अभिनित ‘गाजलु’को गीत सार्वजनिक (भिडियो)



Gajalu-Song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिमी आयौं’ बोलको सार्वजनिक गीतमा नायक अनमोल केसी र डेब्यू नायिका पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ देखिएका छन् । गीतमा अनमोल र सृष्टीबिचको प्रेमभाव देखाइएको छ । हर्कुलेस बस्नेतको शब्द र संगीत रहेको गीतमा हर्कुलेसकै आवाज रहेको छ ।

चलचित्र ‘गाजलु’मा ‘होस्टेल’, ‘जेरी’ र ‘ड्रिम्स’ चलचित्रका चर्चित नायक अनमोल केसी र डेब्यू नायिका पूर्व मिस नेपाल सृष्टी श्रेष्ठका अलवा सलोन बस्नेत, गौरव पहारी लगायतका कलाकारको मुख्य भूमिका छ । रोहित अधिकारीले निर्माण गरेको चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।

नेपाली चलचित्र बजारमा नायक अनमोल केसीको चर्चा चुलिएको समयमा ‘गाजलु’ अर्को सफल चलचित्र बन्ने देखिएको छ । चलचित्रलाई एफडी कम्पनीले महंगो ‘एमजी’ पनि दिइसकेको छ । चलचित्र चैत्र २८ गते रिलिज हुँदैछ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu