‘महिला हिंसा नियन्त्रण गर’ भन्दै सडकमा करिश्मा



karishma-at-mahila-hinsa
ठुलोपर्दा डटकम, काठमाण्डौ।
डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति अभिनयको चर्चा र विरोध पछिल्लो समय निकै छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी छोडेपछि आफै संयोजक बनेर नयाँ शक्ति अभियान सुरु गरेका बाबुरामको उक्त नयाँ शक्तिमा यति बेला कलाकारहरुको पनि सहभागीता राम्रैसँग सुरु भएको छ । केहि महिना अगाडी एक कार्यक्रममा नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल र कलाकार अशोक शर्माले औपचारिक रुपमै नयाँ शक्ति अभियानमा सहभागीता जनाएका थिए ।

अहिले नयाँ शक्ति अभियानको महत्वपुर्ण जिम्मेवारी पद्मा नायिका करिश्मा मानन्धर छिन् । त्यसैले पनि करिश्मा अहिले नयाँ शक्ति अभियानले गरेको साना होस् या ठुला सबै कार्यक्रममा देखिन्छिन् । त्यहि क्रममा आइतबार नयाँ शक्ति नेपालले भूकम्प पीडितहरुको मुद्दा सम्बोधन गर्न तथा महंगी र कालोबजारी नियन्त्रण गर्न माग गर्दै दुई घण्टा भद्रकालीमा धर्ना दिएको थियो । त्यस कार्यक्रममा पनि करिश्मा ‘महिला हिंसा नियन्त्रण गर’ लेखिएको प्लेकार्ड बोकेर सडकमा उत्रिएकी थिइन । उनीसँग केहि चलचित्रकर्मीहरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu