थकितका गजलमा झुम्मिए दर्शक



Anju-panta-1कुमार पौडेल, लमजुङ। राजनैतिक ब्यंग्य, प्रेम, पारिवारीक सम्वन्ध अनि सामाजिक यथार्थता लाई गजलमा उतारेर स्वर र लय मिलाउदै गजलकार थकित यात्रीले आफ्ना गजल बाचन गन थालेपछी बुधबार साँझ लमजुङको भोटेओडारमा दर्शकहरुलाई मन्त्रमुग्ध बनाए ।

१६ वटा गजलहरु रेकर्ड गराउनुका साथै अन्य धेरै फुटकर गजलहरु लेखेका गजलकार थकित यात्रीले गजलका हरफहरु स्वर र हाउभाउ मिलाउँदै भन्दै गएपछि गजलका पारखीहरु मन्त्रमुग्ध मात्रै भएनन् थपडी मारीमारी रमाउन थाले । साँझको चकमन्न अँध्यारो धपधपी बलेजस्तै भयो ।

गजल तथा गीतकार थकित ‘यात्री’का प्रसिद्ध गजलहरु गायक कृष्ण भक्त राईले संगीतको शुरमा गाउन थालेपछि कार्यक्रमको रौनक थपिएको थियो । गजलकार थकित यात्रीको रचना अनि गायक कृष्ण भक्त राइको स्वरमा रहेको “अव त साँझ पर्यो पिउन पाए हुन्थ्यो” जस्ता उत्कृष्ट गजल प्रतक्ष सुनेर दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए ।

रेडियो लमजुङ ९१.८ मेगाहर्जको आयोजनामा भएको थकित यात्री एकल गजल बाचन कार्यक्रममा रेडियो र टेलिभिजनमा सुन्ने र देख्ने गरेका प्रसिद्ध संगितकार, गायककार तथा गीतकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख आकर्षकको रुपमा गायिका अन्जु पन्तले पनि गजलकार थकित यात्रीको रचनामा रहेको ‘जीन्दगी त लिलामीमा चलिसक्या रैछ….’, सुरेश अधिकारीको स्वर तथा संगीतमा ‘हामी छुट्ने ताका…’, शिशिर योगीको स्वरमा ‘झट्ट हेर्दा…’, विवि अनुरागीद्धरा ‘दुख्दापनि घाइते मुटु…’, राज सिग्देलद्धारा ‘न फुलको भए, न पातको भएँ…’, शिव पौडेलको स्वरमा ‘तिम्रो मिठो जवानीलाई ढुकी ढुकी आएँ…’ र कृष्णभक्त राईले ‘उनको जीवन मेरो कथा’ र ‘अबत साँझ पर्यो’ जस्ता गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
anju-2यात्रीको रचनाहरुमा स्वर दिएसँगै गायिका पन्तले अनौपचारीक रुपमा आफना बिभिन्न उत्कृष्ट गीतहरुबाट पनि दर्शकहरुलाई नचाएकी थिइन्। पन्तसँगै संगीतकार बिबि अनुरागीले पनि स्वर दिँदा उपस्थीत दर्शकहरु मजाले नाचेका थिए ।

कार्यक्रममा बरिष्ठ संगीतकार सुरेश अधिकारीले पनि भोटेओडारको बसाई अनुभव लाई सँगाल्दै नयाँ रचनामा स्वर तथा संगीत दिनुभएको थियो । ‘एक धरको सिन्दुर’, ‘म मरेको पल’ लगायतका गितमा संगित तथा स्वर दिनुभएका बरिष्ठ संगीतकार अधिकारीको प्रस्तुतीले पनि दर्शकहरुलाई थप मनोरञ्जन दिएको थियो ।

कार्यक्रममा संगीतकार विवि अनुरागीको प्रस्तुतीलाई त झनै दर्शकहरुले स्वरमा स्वर मिलाई दिनुभएको थियो । ‘उडेर जुन छुन्छु भन्थें’ जस्ता मर्मस्पर्सी गीतमा संगीत भर्नुभएका विवि अनुरागीले थकित यात्रीको रचना “दुख्दापनि घाइते मुटु जलाई रहेछु” भन्ने गीत गाउँदा दर्शकहरुले स्वर र तालिले भरपूर साथ दिएका थिए । यस्तै यस्तै गायक तथा संगीतकारहरुलाई एउटै थलोमा उतारेको थियो ।

पछिल्लो दिनहरुमा गजल विधा निकै लोकप्रिय भएकोले गजल सहत्यिलाई प्रवर्द्धन गर्न र सांगीतिक दुनियामा पर्दा पछाडि रहने गरेका स्रष्टाहरुको पहिचान गराउने उद्देश्यले एकल गजल वाचन कार्यक्रम आयोजना गरिएको हो । गजलका पारखीहरुलाई शुद्ध मनोरञ्जन प्रदान गर्न, रचनाकार, संगीतकार र गायकलाई एकै थलोमा जम्मा गर्ने अभिप्रायले एकल गजल बाचन तथा साँगितिक कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

कार्यक्रममा प्रवेशका लागि तीन किसिमको पासको ब्यवस्था गरिएको थियो । सो कार्यक्रममा विक्रि भएको टिकटको केही प्रतिशत बिभिन्न बिपद जोखिममा परेका बालबालिकाहरु तथा समूदायको उद्धारको लागि खर्च गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu