नेपालसँगै अष्ट्रेलियामा पनि अनमोलको ‘गाजलु’ रिलिज हुने



GAJALU-AT-AUS
ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ २८ गते नेपालमा रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘गाजलु’ नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियामा सक्रिय संस्था नेपालीटचले ‘गाजलु’ प्रदर्शन गर्न लागेको हो ।

चलचित्रका निर्माता निर्माता रोहित अधिकारिले महंगो रकममा अष्ट्रेलिया अधिकारी बेचिएको प्रष्ट पारे । ‘गाजलु’मा ‘होस्टेल’, ‘जेरी’ र ‘ड्रिम्स’ चलचित्रका चर्चित नायक अनमोल केसी र डेब्यू नायिका पूर्व मिस नेपाल सृष्टी श्रेष्ठका अलवा सलोन बस्नेत, गौरव पहारी लगायतका कलाकारको मुख्य भूमिका छ । रोहित अधिकारीले निर्माण गरेको चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।

नेपाली चलचित्र बजारमा नायक अनमोल केसीको चर्चा चुलिएको समयमा ‘गाजलु’ अर्को सफल चलचित्र बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu