नेपाली नायकको हिन्दी सिरिज (भिडियो)



[one_half last=”no”]
Shankr
ठुलोपर्दा डटकम, काठमाण्डौ।
[dropcap]ला[/dropcap]मो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछनेले हिन्दि भाषामा लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् ।

हिन्दी भाषामा तयार चलचित्रको बिषयमा लामिछानेले कला र प्रतिभाको कुनै सिमित भाषा नहुने भन्दै जुनभाषामा आएपनि नेपालीको प्रतिभा नै बाहिर आएको जनाए । लामिछानेले सफल नेपाली चलचित्र ‘किन लाग्छ माया’मा मूख्य भूमिकामा अभिनय गरेका थिए । त्यसपछि उनि ‘ए नेपाली हो’ नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए ।

[/one_half]

उनले नेपाली क्रिकेटलाई सम्मान गर्दै गीत, नेपाली लोकसँस्कृतीलाई सम्मान गर्दै विभिन्न तीज गीतहरु तथा हिन्दी गीतहरु समेत गायका छन् । उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगाएत अन्य केहि नाटकमा काम गरेका छन् ।

‘गहराई’मा शंकर लामिछानेको साथमा अनिता सुरवित, गिता चन्द्र लामिछाने, आरके अदिप्त गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कुश्माज इन्टरटेन्मेन्टले बनाएको चलचित्रलाई नेत्र गुरुङ्ले छायांकन तथा सम्पादन गरेका छन् । ‘गहराई’लाई लामिछानेले नै लेखन तथा निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu