हेटौडाबाट सुरु भयो सहदेवको चर्खा



charkha-muhart
ठुलोपर्दा डटकम।
बिहिवार हेटौडाको पाथिभरा मन्दिरमा शुभसाइत गर्दै नेपाली चलचित्र ‘चर्खा’को छायांकन सुरु गरिएको छ । गोविन्द गौतमले निर्देशन गर्ने यो चलचित्रलाई सहदेव गौतमको प्रस्तुतीमा गणेश भेटवाल, सुनिल अधिकारी, बालकृष्ण खड्का र रुपेश केसीले निर्माण गर्दैछन् ।

चलचित्रमा रजनी केसी, सुरविना कार्की, सुशान्त कार्की, निर्जना थापा, कपिल खड्का, इश्वरी श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको अभिनय रहने बताईएको छ । ‘चर्खा’मा कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको एक्सन, दिव्य सुवेदीको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu