ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘बुद्द बर्न इन नेपाल’मा समावेश ‘अँगालोमा लुकाई दिउँकी’ बोलको गीत सार्वजनिक भएको छ । युट्यूबमा सार्वजनिक गीतमा नायक रमित ढुंगाना र अमेरीकी मोडल न्याट्लीको अभिनय रहेको छ । गीतमा स्वरुपराज आचार्य र आस्था राउतको स्वर रहेको छ भने शब्द बिकास बिष्ट र संगीत सुरेश अधिकारीको रहेको छ ।
जेठ सात गते नेपालमा रिलिज हुने यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । ‘बुद्द बर्न इन नेपाल’लाई नायक रमित ढुंगानाले निर्माण गरेका हुन् ।
भिडियो: