ठुलोपर्दा डटकम, काठमाण्डौ।
चकलेटी नायक आर्यन सिग्देल सँधै एउटै लुक्समा देखिए भन्नेहरुका लागि जवाफ बनेर आउन लागेको नेपाली चलचित्र ‘होमवर्क’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा आर्यन दोहोरो भूमिकामा छन् ।
आर्यन अशिक्षित पिता र शिक्षित छोराको भूमिकामा छन् । उनलाई नम्रता श्रेष्ठले अभिनयमा साथ दिएकी छिन् । ट्रेलरमा आर्यन र नम्रताको चुम्बन दृश्य समेत समावेश छ । चलचित्रमा आर्यन र नम्रताको साथै विजय लामा, गौरी मल्ल, जीपी तिमिल्सिना लगायतको अभिनय छ ।
गोपिकृष्ण मुभिजको ब्यानरमा उद्धव पौडेलको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले मिलेर बनाएका हुन् । चलचित्रमा शिवम् अधिकारीको कथा, पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्र जेठ ७ गते रिलिज हुँदैछ ।
ट्रेलर हेर्नुहोस्: