‘ग्यांगस्टार ब्लुज’को औपचारिक घोषणा, चलचित्रमा रहेनन् अनमोल



aashirman-and-aana

ठुलोपर्दा डटकम, काठमाण्डौ।
ड्रिम्स नायक अनमोल केसीले अभिनय गर्ने भनिएको नेपाली चलचित्र ‘ग्यांगस्टार ब्लुज’को औपचारिक रुपमा नै घोषणा गरिएको छ तर, चलचित्रमा अनमोल भने नरहने भएका छन् । अनमोललाई मूख्य भूमिकामा डेब्यू गराएका हेमराज बिसीले निर्देशन गर्ने यो चलचित्रमा अनमोल नहुनुमा विभिन्न ढंगबाट टिकाटीप्पणी भएका छन् ।

ब्यानर र शेयरको बारेमा कुरा नमिलेको चर्चा बजारमा चलिरहँदा बुधबार राजधानीमा कार्यक्रम गरि निर्देशन बिसीले अनमोलको डेट नमिलेकोले उनि चलचित्रमा नरहेको जानकारी दिए । अब अनमोलको स्थान आशिरमान देशराज श्रेष्ठले लिएका छन् । आशिरमान पनि यसअघि ‘सायद २’मा अभिनय गर्ने भएपछि चर्चामा थिए तर, उनले परिक्षले गर्दा समय नमिलेको भन्दै बाहरिएको बताएका थिए ।

‘ग्यांगस्टार ब्लुज’मा आशिरमानको साथमा जेरी नायिका आना शर्माको अभिनय रहनेछ । चलचित्रमा यूवापुस्ताको कथा रहने बताईएको छ । चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu