ठुलोपर्दा डटकम, काठमाण्डौ।
अपिल विष्टको निर्देशनमा बनेको नेपाली चलचित्र ‘झुम्की’को टिजर सार्वजनिक गरिएको छ । दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने प्रहरी कर्मचारीले जीवनमा भोगेका उतारचढाबमा बनेको चलचित्रमस दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, मलिना जोशी, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक टिजरमा भने पूर्व मिस नेपाल मलिना जोशीलाई देखाईएको छैन ।
‘झुम्की’ २०४४-४५ सालको घटनामा आधारित रहेको बताईएको छ । चलचित्रलाई अपिल बिष्ट फिल्मस र सिनेमा आर्टले संयुक्त रुपमा बनाएका हुन् । रामबाबु गुरुङको कथा, पटकथा र संवाद रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । यो चलचित्र भाद्र ९ गते रिलिज हुनेछ ।
टिजर हेर्नुहोस्: