आयुष र सञ्जुको मन कसरी भयो खाली-खाली ? (भिडियो)



khali-khali

ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ १४ मा रिलिज हुने नेपाली चलचित्र ‘किन गरेँ माया’को अर्को गीत रिलिज भएको छ । महेश खड्काका शब्द तथा संगीतमा रहेको ‘खाली खाली’ बोलको गीतमा दिपक लिम्बु र बानिका प्रधानको स्वर रहेको छ ।

गीतमा मनोज हमाल र सुरेष पाण्डेको कोरियोग्राफी छ । रमेश बोगटी निर्देशित यस चलचित्रमा आयुष रेग्मी, सञ्जु सिलवाल, सरु घलन लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘किन गरेँ माया’मा दिव्य सुवेदी र निरज कँडेलको छायांकन रहेको छ ।

दिल कुमार प्यासीको प्रस्तुती रहेको यस चलचित्रका निर्माता हिरा लाल गौतम हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu