‘सुख-दुख’को सिक्वल बन्ने, खड्किएला श्रीकृष्णको अभाव ?



sukha-dukha

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली सुपरहिट चलचित्र ‘सुख दुःख’को सिक्वल बन्ने भएको छ । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित यो चलचित्र नेपाली चलचित्र उद्योगको सम्झनयोग्य चलचित्र हो ।

‘सुख दुःख रिटर्न्स’ नाम राखी सिक्वललाई सत्यराज चौलागाईँले निर्देशन गर्ने भएका छन् । ‘सुख-दुख’लाई स्व. निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए । उक्त चलचित्रमा झरना थापा, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय छ । सिक्वलमा भने कलाकार छनौट भईसकेका छैनन् ।

आधा दर्जन बढी नेपाली फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका चौलागाईंले एस.पी मुभी मेकरको ब्यानरमा यो चलचित्र निर्देशन गर्ने भएका हुन् । स्मरण रहोस् ‘सुख-दुख’ पनि यहि ब्यानरमा बनेको थियो । सुरज प्रधानको लगानीमा प्रदिप चौधरीको लेखन रहेको चलचित्रमा बादल लिम्बुको संगीत रहने बताईएको छ ।

‘सुख-दुख’मा स्व. नायक श्रीकृष्ण श्रेष्ठको अभिनयलाई रुचाईएको थियो । दशक पछाडी पनि अभिनयमा व्यस्त हुँदा-हुँदै श्रेष्ठको निधन भएपछि पुरै नेपाल स्तब्ध भएको थियो । ‘सुख-दुख रिटर्न्स’ हेर्दा पनि पक्कै उनको अभाव खड्किनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu