‘होमवर्क’ आजबाट रिलिज, बिहिवार भयो प्रिमियर



homework-premier
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित नेपाली चलचित्र ‘होमवर्क’ देशव्यापी रिलिज भएको छ । रिलिज अगाडी बिहिवार साँझ चलचित्रको प्रिमियर भएको छ ।

गोपीकृष्ण प्रांगणमा भएको प्रिमयरलाई बिहिवार दिउसैदेखी परेको पानीले अवरोध श्रृजना गरेको थियो । टिभि फिल्मीमा प्रत्यक्ष प्रसारण सहित भएको प्रिमियरमा चलचित्र टीमसँगै चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रिमियर कार्यक्रममा चलचित्रका नायक आर्यन सिग्देल दौरा सुरुवालमा श्रीमती सहित पुगेका थिए भने नायिका नम्रता श्रेष्ठ प्रेमीसँग पुगेकी थिइन् ।

निरक पौडेल निर्देशित यस चलचित्रमा आर्यनको दोहोरो भूमिका छ ।

होमवर्कसँगै अर्को नेपाली चलचित्र ‘बुद्द बर्न इन नेपाल’ पनि रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu