‘गाँठो’को शिर्ष गीत रिलिज (भिडियो)



gatho-press-meet
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ३१ मा रिलिज हुने नेपाली चलचित्र ‘गाँठो’को शिर्ष गीत रिलिज भएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच रिलिज मिति घोषणासँगै गीत र पात्र पोस्टर सार्वजनिक गरिएको हो ।

सुरज भुषाल निर्देशित सिनेमा ‘गाँठो’मा नजिर हुसेन, नव-नायिका नम्रता श्रेष्ठ र अभय बराल मुख्य भूमिकामा छन् । गाँठोले पेन्टिङ प्रतिस्पर्धा समेत गर्ने भएको छ । विद्यालय, कलेज र खुल्ला स्तरिय प्रतिस्पर्धामा सबैले आफ्नो भावना व्यक्त गर्न पाउने आशा लिएको निर्माण कम्पनी बटवाल इन्टरटेनमेन्टले जनाएको छ ।

नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानको ध्वनी रहेको फिल्ममा अरुणा कार्की र ध्रुव कोइरालाको समेत अभिनय छ । चलचित्रमा प्रतीक गुरुङ् र सुरज भुषालले पटकथा लेखेका हुन् । तीलकबहादुर क्षेत्री, नृपेन्द्रराज जोशी र दीपेश भण्डारीको निर्माण रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu