सरबजीतको दुखद सुरुवात, बलीउडमा हलीउडको राज



Sarabjit

यो शुक्रवार रिलिज भएको बलीउड चलचित्र ‘सरबजीत’लाई क्रिटिक्सबाट राम्रो प्रतिक्रिया प्राप्त भएतापनि व्यापारिक रुपमा भने खासै सफल रहन सकेन । दर्शकको इमोशन छुन सफल यो चलचित्रको शुरुवात खासै राम्रो नरहेको भारतिय मीडियाले जनाएका छन् ।

पहिलो दिन ३.६९ करोड मात्र कमाएको छ । यो आँकडा फिल्म ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटमा आधारित हो । भारतमा सँगै रिलिज भएको हलीउड चलचित्र ‘एक्स-मैनः एपोकैलिप्स’ले भने सरबजीतलाई उछिनेको छ ।

साथै, केहि हप्ता अगाडी रिलिज भएका हलीउड चलचित्र ‘द जंगल बुक’ र ‘कैप्टन अमेरिका’ले नयाँ चलचित्रले भन्दा बढिको व्यापार गरेका छन् । भारतमा हलीउड चलचित्रको राज कारण बलीउड चलचित्र सरबजीत मारमा परेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu