‘लाल्टीन’को पहिलो पोस्टर सार्वजनिक



laltin-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कलाकार भानु प्रतापको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘लाल्टीन’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । बिहिवार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।

एमसन पिक्चर्स प्रालिको ब्यानरमा बनेको यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जन गुरुङ, रिया श्रेष्ठ, रामकेशर बोगटी, जनक बर्तौला, मोहनविक्रम श्रेष्ठ, लिलामाया ढकाल, कमल आले, नविन शाह आदि कलाकारको अभिनय रहेको छ भने राज कटुवाल र निर्जन थापाले यसै चलचित्रबाट ठुलोपर्दामा पाईला टेकेका छन् । उनिहरु दुवै र्‍याम्प मोडलिङबाट आएका हुन् । साथै यसै चलचित्रबाट अर्जुनजंग शाही र मेलिना मानन्धरले कमब्याक गरेका छन् ।

देवकुमार श्रेष्ठ निर्देशित ‘लाल्टीन’मा अनिम श्रेष्ठ र राज केसी निर्माता छन् भने मनोज राजभण्डारी र दीपक श्रेष्ठ सह-निर्माता छन् । विनोद ढकाल, किरण माइकल र डिजराज पौडेलको संगीत रहेको यस चलचित्रमा भानु प्रताप र किरण माइकलको आलेख छ । चलचित्रका गीतमा विनोद ढकाल, आस्था राउत, सोमिया बराइली, डिजराज पौडेल, किरण माइकल र बोनी श्रेष्ठको स्वर छ । सुजिल कर्माचार्यको पार्श्व संगीत छ भने दिलिप घिमिरे, विनोद ढकाल र किरण माइकलले गीत लेखेका छन् ।

रोशन श्रेष्ठको द्वन्द्व रहेको ‘लाल्टीन’मा कविराज गहतराज, डिकेश र भानुप्रतापको छ । एक्शन, कमेडी तथा सोशल ड्रामामा आधारित यस चलचित्रमा छायाँकार हरि घले लामा हुन् भने सम्पादक अर्जुन जिसी र मिलन श्रेष्ठ हुन् । चलचित्रका प्रस्तुतकर्ता भानु प्रतापका अनुसार यो चलचित्रमा एक करोड माथीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu