‘गाजलु’ प्रिमियरको लागि लण्डनमा निर्माता



rohit-london

ठुलोपर्दा डटकम।
आज बेलायतको लण्डनमा नेपाली चलचित्र ‘गाजलु’को वर्ल्ड प्रिमियरमा हुँदैछ । प्रिमियरको लागि निर्माता रोहित अधिकारी लण्डन पुगेका छन् । नायिका श्रृष्टी श्रेष्ठ लण्डनमा नै छन् भने नायक अनमोल केसी भने प्रिमियरमा गएका छैनन् । रोहित र श्रृष्टी नेपाल फर्केपछि अनमोल पनि पब्लिसटीमा देखिने बताईएको छ ।

उनको अभिनय रहेका कारण पनि निकै चर्चामा रहेको भएपनि अनमोल भने नेपालको प्रचार-प्रसारमा पनि देखिएका छैनन् । कलाकार तथा मोडल प्रशान्त ताम्राकारले लण्डनमा प्रिमियरको चाँजोपाँजो मिलाएका हुन् । जेठ २८ मा नेपालमा रिलिज हुने हेमराज बिसी निर्देशित ‘गाजलु’मा गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, गौरी मल्ल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu