अरिजित मात्र होइन यि स्टारले पनि लिए सलमानसँग पंगा, सकियो करियर



Arijit-and-salman

भारतियहरु ले भन्छन्, ‘बलीउडका भाईजान कोहि छ त उनि मात्र सलमान हुन्’ । यो सम्मानको लागि सलमानले धेरै पटक मौका दिएका छन् । उदाहरुणहरु हेर्दा जसले सलमानको हात समाउँछ त्यो बलीउडमा निकै उचाईमा पुग्छ तर जसले उनिसँग दुश्मनी लिन्छ उसले निकै कठिन संघर्ष गर्नुपरेको छ । यसकारण बलीउडका पुराना हस्तीहरु पनि सलमानसँग दुश्मनी लिनुअघि धेरै पटक सोच्ने गर्छन् ।

जसले दुश्मनी लिन्छ उसलाई केवल पश्चाताप मात्र भईरहेको छ, जसको पछिल्लो उदाहरण हो प्रख्यात गायक अरिजित सिंह । अरिजितले कैयन पटक कैयन तवरले सलमानसँग माफी मागिसकेका छन् । उनले आम मानिससामु पनि क्षमायाचना गरिसकेका छन् तर पनि सलमानले कुनै जवाफ दिएका छैनन् । अब अरिजितले सलमानको फिल्म ‘सुल्तान’बाट आफ्नो गीत निस्कासन हुने पीडा भोगिरहेका छन् ।

सलमानसँग अन्य बलीउडका धेरै स्टारहरु पनि चिढिएका छन् । कोहि फेरी मिलिसकेका छन् भने कोहिले सलमानको नाम समेत लिन र सुन्न चाहँदैनन् । एकसमय सलमानसँग विवेक ओबरोयको झगडा पनि चर्चामा थियो । ऐश्वर्याको प्रेममा पागल रहेका विवेकले ऐश्वर्याका पूर्वप्रेमी सलमानसँग पंगा लिएसँगै उनको करियर खस्किएको थियो ।

सन् २००६ मा एक रकस्टार कन्सर्टमा सलमान र जोन अब्राहमबीच खिचातानी सुरु भयो । यसपछि अहिलेसम्म पनि यि दुईको बोलचाल छैन । लामो समयपछि यि दुईको भेट भयो, उनिहरु गला मिलाए तर सलमान अरु मानिसजसरी सजिलै पुराना कुरा बिर्सन सक्दैनन् । उनिहरु बीचको दुरी अहिले पनि टाढा नै छ ।

शाहरुख र सलमानको ‘कोल्ड वार’ दुनियाजा हरसिनेप्रेमीलाई थाहा नै छ । केहि बर्ष यि दुई आमने-सामने भएनन् । सलमानको फ्यान फलोईङ् शाहरुख भन्दा बढि भए । सलमानका फिल्म लगातार हिट भए तर शाहरुखले त्यसको ठिक उल्टो अवस्था गुजारे । पछि शाहरुखले फैसला बदल्ने निर्णय गरे । उनको करियर धरापमा पर्ने डरले पनि होला उनले सलमानसँग पुन: हात मिलाए ।

फिल्म उद्योग मात्र नभएर टेलिभिजनमा पनि सलमानसँग दुश्मनी लिनेको करियर सखाप नै भएको छ । चर्चित कार्यक्रम बिग बोसमा होस्ट सलमान नै हुन् । बिग बोसमा कहिलेकाहिँ यस्ता घटना हुन्छन् जुन निकै गहन हुन पुग्छन् । बोग बोसका निकै ट्यालेन्ट प्रतियोगी इमाम सिद्धीकीले अन्तत: हात ब्यहोरे, जसको कारण थियो सलमानसँगको दुश्मनी । जति नै ट्यालेन्ट भएपनि उनले बिग बोसबाट बाहिरिनुपरेको थियो । बिग बोसकै विजेता गौहर खानले बिग बोस त जितिन् तर सलमानसँग खराब ब्यबहार गर्नु उनलाई भारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu