सुन्नुहोस् ‘शकुन्तला’ यि तीन गीतहरु



ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शकुन्तला’को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । चलचित्रमा तीनवटा गीत रहेका छन् ।

‘कोहि छ’ बोलको गीतमा दुर्गा खरेलको स्वर रहेको छ भने शब्द डा. कृष्ण हरी बरालका शब्द रहेका छन् । ‘मेरो मुटु’ बोलको गीतमा सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ भने बिजय सिवाकोटीका शब्द छन् । त्यस्तै, ‘यो मुटु भन्दा’ बोलको गीतमा दयाराम पाण्डेका शब्द तथा युवराज चौलागाईँ र आकांक्षा बस्यालको स्वर छ । चलचित्र तीनवटै गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ ।

दिनेश श्रेष्ठ निर्देशित यो शकुन्तलामा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ । सस्पेन्स कथाबस्तु भएको यो चलचित्र श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको हो । यस चलचित्रमा अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।

सुन्नुहोस् गीतहरु:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu