‘बाहुबली..द कनक्लूजन’को क्लाइमेक्स शूट सुरु



Bahubali-The-Conclusion-Climex-shoot
‘बाहुबली..द कनक्लूजन’को क्लाइमेक्स शूट रामोजी फिल्म सिटीमा सुरु भएको छ । मैग्नम ओपसको टीमले आफ्ना फ्यानका साथ केहि फोटोहरु शेयर गरेका छन् ।

एक तस्वीतमा निर्देशक एसएस राजामौलओ आफ्नो टीमलाइ काम सम्झाईरहेका छन् । दोश्रो तस्वीरमा प्रभास र राणालाई शूटिङ् सुरु हुनु अगाडी निर्मातासँग रमाईलोमा देखिन्छन् । चलचित्रको क्लाइमेक्सको बजेट ३० करोडको हो, जबकी पहिलो भागको क्लाइमेक्समा १५ करोड खर्च गरिएको थियो ।

तेलुगु चलचित्रका स्टार तथा बाहुबली फेम प्रभास, तमन्ना भाटिया र राणा डग्गुबत्तीले यो क्लाइमेक्सको दृश्यका लागि निकै मेहनत गरेका छन् । एक हप्ताको रिहर्सलपछि शूटिङ् सुरु गरिएको हो ।

‘बाहुबली..द बिगनिंग’मा १२ मिनेट लामो युद्द चलचित्रको उत्कृष्ट भाग थियो । ‘बाहुबली..द कनक्लूजन’को क्लाइमेक्स शूट ८० दीनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu