केकी लाई कसले दियो मुटु नै झिकेर ?



shiaiko-phoolठुलोपर्दा डटकम, काठमाण्डौ। गायिका सुधा रत्नले नयाँ एल्बम ‘सुधा’ बजारमा ल्याएकी छिन्। सो एल्बममा समावेश ‘शिरैको फुल …’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। अमर प्रेम म्यूजिकले बजारमा ल्याएको सो एल्बममा रहेको उक्त गीतको भिडियोलाई भने प्रसन्न पौडेलको निर्देशनमा लाईमलाईट क्रियशनले तयार पारेको हो।

उक्त भिडियोमा नायिका केकी अधिकारी, रक्षा पाण्डे, दिवस र बिनोदको अभिनय रहेको छ। टेकेन्द्र शाहको संपादन रहेको सो भिडियोमा प्रेमकथा दर्शाइएको छ। शिरैको फुलमा किरण कँडेलको म्युजिक एरेन्जमेन्ट रहेको छ।

यसअघि ‘म त मर्छु क्यारे …’, ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ …’ जस्ता दर्जनौँ गीतमा संगीत भरेका निम संगीतको एकल संगीतमा बजारमा आएको सो एल्बममा सुधा रत्नको एकल स्वर रहेको छ। यो उनको पहिलो आधुनिक गीति एल्बम हो।

केहि रियालिटी शोमा चर्चामा आएकी सुधा लामो समयको संगीत शिक्षा पश्चात श्रोता/दर्शकमाझ आएकी हुन्।

Watch Song Here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu