फराह खानका पतिद्वारा नेपाली चलचित्र कपि (भिडियो सहित)



ठुलोपर्दा डटकम।
हिजो मात्र मुम्बईमा प्रिमियर गर्दै लघु चलचित्र ‘कृति’ सार्वजनिक भएको थियो । उक्त चलचित्र YouTube मा समेत आईसकेको छ । उक्त चलचित्र हेरेपछि भारतमा व्यापक हंगामा भयो । अनिल न्यौपानेले निर्देशन गरेको नेपाली लघु चलचित्र ‘BOB’ बाट कपि गरिएको ‘कृति’लाई लिएर धेरै टिकाटिप्पणी भएका छन् ।

अनिल न्यौपानेका अनुसार कृतिका निर्देशक शिरिश कुन्दरले अनिलले हेर्न नमिल्मे गरि ट्विटर ब्लक गरेका छन् । शिरिस भारतकी चर्चित निर्देशक फराह खानका पति हुन् । यो बिषयले भारतमा थुप्रै राष्ट्रिय सञ्चारमाध्यमा स्थान पाएको छ ।

aneel-neupane-twiter
शिरिसको व्यापक आलोचना भएपछि उनि निकै तनावमा रहेकोले आफुलाई बल्क समेत गरेको अनिलले बताए । आफ्नो श्रृजना कपि गरेर चर्चामा आउन खोज्नु गलत भएको अनिलले बताए । उनले नेपाली चलचित्र जस्तो सानो उद्योगबाट पनि राम्रा श्रृजना आउन सक्ने र बलीउड जस्ता ठुला उद्योगले कपि गरेर विश्वभर चर्चा कमाउन खोज्नु सरासर गलत रहेको बताए ।

नेपाली चलचित्र BOB मा अनुज पाण्डे, दीपक शाक्य, सुजी शाह लगायतका कलाकारहरुको अभिनय छ भने हिन्दी ‘कृती’मा मनोज वाजपेयी, राधिका आप्टे, नेहा शर्मा लगायतको अभिनय छ ।

हेर्नुहोस् नेपाली चलचित्र ‘BOB’

हेर्नुहोस् बलीउड चलचित्र ‘कृति’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu