बलात्कार पीडित युवतीले मागिन् सलमानसँग १० करोड क्षतिपुर्ती



salman-langauti

चलचित्र ‘सुल्तान’को प्रचार-प्रचारको दौरानमा बलात्कार पीडित युवतीको उदाहरण दिँदै सलमान बोलेपछि उनलाई निकै मुश्किल आईलागेको छ । भारत हरियाणास्थित हिसारकी सामूहिक बलात्कार पीडित युवतीले सलमानसँग दश करोड भारु. क्षतिपुर्ती माग गरेकी छिन् ।

पीडितले पञ्जाब तथा हरियाणा हाई कोर्टको माध्यमबाट सलमान खानलाई नोटिस पठाएकी हुन् । उनले सार्वजनिक टिप्पणीबाट आफ्नो छवि अझै धमिलो भएको बताएकी छिन् । उनले सलमानको भनाईबाट आफुलाई गहिरो चोट लागेको बताएकी छिन् । उनि अहिले पनि एक मानसिक र शारीरिक आघातबाट गुज्रिरहेकी छिन् ।

पीडितका वकिलका अनुसार नोटिस पाएको १५ दिन भित्र १० करोड माग गरिएको छ । अन्यथा सलमान विरुद्द सिभिल तथा आपराधिक कानूनको उल्लंघन गरेको भन्दै मुद्दा हालिने छ ।

नाबालिग दलित किशोरीलाई आठ जनाले सामूहिक बलात्कार गरेका थिए । यो घटनाबाट मर्माहत भएका पीडितका पिताले १८ सेप्टेम्बर २०१२ मा आत्महत्या गरेका थिए ।

सलमानले एक अन्तरवार्तामा भनेका थिए, ‘सुल्तानको कुश्ती दृश्यको छायांकनको बेला म यति थाक्थे कि अखडाबाट बाहिर आउँदा सामूहिक बलात्कार पीडित किशोरी जस्तै महशुस हुन्थ्यो । यो निकै मुश्किल थियो । म पाईला अघि बढाउन सक्दैनथिएँ’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu