जापानकी चर्चित गायिका सुजुकी नाओमीले काठमाण्डौमा प्रस्तुती दिने



Suzuki-Naomi

ठुलोपर्दा डटकम, काठमाण्डौ।
जापानकी चर्चित गायिका सुजुकी नाओमीले काठमाण्डौमा प्रस्तुती दिने भएकी छिन् । राजधानीको आर्मी अफिसर्स क्लबमा उनले बिहिवार आफ्ना ओरोजिनल जापानिज गीत, अंग्रेजी गीत तथा नेपाली गायक धर्मेन्द्र सेवानसँग संयुक्त रुपमा ‘रेशम फिरिरि’ गीत गाउनेछिन् ।

‘Be Smile’ नामक उक्त सांगीतिक कार्यक्रम नेपालका भूकम्प पीडितको सहयोगार्थ आयोजना गरिएको हो । यसबारेमा बुधवार पत्रकार सम्मेलन गर्दै जानकारी गराईयो । पत्रकार सम्मेलनमा गायिका सुजुकीले नेपाल र यहाँका मानिसबाट प्रभावित भएको बताईन् । उनले भूकम्प पीडितको घाउमा मल्हम लगाउन पाउँदा निकै खुशी लागेको बताईन् ।

नेपाली गायक धर्मेन्द्र सेवानले विदेशी चर्चित गायिकासँगै प्रस्तुती दिन पाउँदा भाग्यमानी ठानेको बताए । यस कार्यक्रमको चाँजोपाँजो नेवि संघका अध्यक्ष तथा सभासद रञ्जित कर्णले मिलाएका हुन् । कार्यक्रमको आयोजक जापानिज ल्यांगवेज सेन्टर हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu