फान अवार्डमा आर्यन र नम्रता उत्कृष्ट नायक-नायिका, ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र कलाकार संघले पहिलोपटक आयोजना गरेको ‘फान अवार्ड २०७२’मा चलचित्र क्लासिकको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट नायक-नायिकाको अवार्ड चुमेका छन् । विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको छ ।

अवार्डमा ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र बन्यो भने यहि चलचित्रका निर्देशक दिपेन्द्र के खनाल उत्कृष्ट निर्देशक, विपिन कार्की उत्कृष्ट खलपात्र र निर्देशक खनालले नै उत्कृष्ट कथामा अवार्ड हात पारे । अवार्ड काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेका थिए । वरिष्ठ कलाकार हरि प्रसाद रिमालललाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ‘दीर्घ साधान सम्मान’ प्रदान गरियो । प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा संचारमन्त्री शेरधन राई, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले रिमाललाई सम्मान गरेका थिए । अवार्डको निर्णायकमा छायाँकार रामेश्वर कार्की, चलचित्र पत्रकार शान्तिप्रिय, पत्रकार प्रकाश सुवेदी, बरिष्ठ निर्देशक लक्ष्मीराज शर्मा र बरिष्ठ कलाकार हरिहर शर्मा थिए ।

अवार्डबारे सम्पूर्ण जानकारी भिडियोमा:

‘फान अवार्ड’मा उत्कृष्ट चलचित्रकर्मी र चलचित्र:
१.उत्कृष्ट फिल्मः पशुपति प्रसाद
२.उत्कृष्ट नायकः आर्यन सिग्देल(क्लासिक)
३.उत्कृष्ट नायिकाः नम्रता श्रेष्ठ(क्लासिक)
४.उत्कृष्ट निर्देशकः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)
५.उत्कृष्ट हाँस्य कलाकारः विल्सन विक्रम राई(अधकट्टी)
६.उत्कृष्ट खलपात्रः विपिन कार्की(पशुपति प्रसाद)
७.उत्कृष्ट सह-अभिनेताः जीतु नेपाल(वडा नम्बर ६)
८.उत्कृष्ट सह-अभिनेत्रीः रोमी घिमिरे(क्लासिक)
९.उत्कृष्ट नव-अभिनेत्रीः साम्राज्ञीराज्य लक्ष्मी शाह(ड्रिम्स)
१०.उत्कृष्ट नव-अभिनेताः पल शाह(नाई नभन्नु ल ४)
११.उत्कृष्ट चरित्र अभिनेताः रमेश वुढाथोकी(भाग् सानी भाग्)
१२.उत्कृष्ट चरित्र अभिनेत्रीः लक्ष्मी गिरी(प्रेमगीत)
१३.उत्कृष्ट नव-निर्देशकः भूवन केसी(ड्रिम्स)
१४.उत्कृष्ट छायांकारः संजय लामा र पुरुषोत्तम प्रधान(ड्रिम्स)
१५.उत्कृष्ट सम्पादनः सुरेन्द्र पौडेल(क्लासिक)
१६.उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(वडा नम्बर ६)
१७.उत्कृष्ट गायकः यूवराज चौलागाई(क्लासिक)
१८.उत्कृष्ट गायिकाः अन्जु पन्त(प्रेमगीत)
१९.उत्कृष्ट गीतकारः डाक्टर कृष्णहरि बराल(प्रेमगीत)
२०.उत्कृष्ट द्धन्द्ध निर्देशकः हिमाल केसी(भैरव)
२१.उत्कृष्ट नृत्य निर्देशकः शंकर वीसी(वडा नम्बर ६)
२२.उत्कृष्ट संवादःदीपकराज गिरी(वडा नम्बर ६)
२३.उत्कृष्ट पटकथाः रामबाबु गुरुङ र उपेन्द्र सुब्बा(कबड्डी कबड्डी)
२४.उत्कृष्ट कथाः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu