पछिल्लो बर्ष ब्लकबस्टर बनेको निर्देशक एस.एस. राजमौलीको चलचित्र ‘बाहुबली’ रिलीज भएको एक बर्ष भएको छ । एक बर्ष पुग्दा पनि यो चलचित्रको क्रेज कम भएको छैन ।
दोश्रो भागको बेजोड प्रतिक्षा रहेको यो चलचित्रबारे शनिवार ट्विटर छायो । ट्विटरमा ‘वन ईयर फर इंडियन एपिक बाहुबली’ ह्यासट्याग छाएको थियो ।
एक राज्यको शासनको लागि दुई भाईबीचको संघर्ष दर्शाउने ‘बाहुबली’ले भारतिय बक्स अफिसमा ३०० करोड कमाएको थियो । अहिले फ्यानले रिलीजको एक बर्ष पुगेको खुशियाली मनाईरहेका छन् ।
दर्शकलाई यो जिज्ञासा छ कि ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो कुरा २०१७ को अप्रिलमा मात्र थाहा हुनेछ ।