सलमान खानलाई बक्स अफिसको सुनामी भन्दा फरक नपर्ला । उनले सुल्तानको साथमा यो कुरा साबित गरेका छन् कि बक्स अफिसमा पैसाको चाङ् लगाउन उनलाई आउँछ ।
उनले भारतमा पहिलो विकेन्डमा १८०.३६ करोड भारु.को नेट बक्स अफिसमा कलेक्शन गरेका छन्, जबकि ग्रस कलेक्शन २५२.५ करोड थियो । अन्तराष्ट्रिय बक्स अफिसमा ९२ करोडको ग्रस कलेक्शन भयो । यो चलचित्रले कुल ग्रस कलेक्शन ३४४.५ करोड भारु. गर्यो ।
आउनुहोस् सुल्तानसँग जोडिएका घरेलू र अन्तराष्ट्रिय बक्स अफिसमा बनेका २० रेकर्डसमा नजर डुलाऔँ:
१. सर्वाधिक एडभान्स बुकिङ् ।
२. प्रि-ईद सर्वाधिक ओपनिङ् डे कलेक्शन ।
३. तीन दिन सर्वाधिक वीकेन्ड कलेक्शन (हिन्दी भाषामा मात्र) ।
४. धेरै दिनसम्म ३० करोडको व्यापार (लगातार पाँच दिन) ।
५. धेरै दिनसम्म कमाईको आँकडा ३५ करोड (चार दिन) माथी ।
६. तेज रफ्तारमा १५० करोड नेट बक्स अफिस कलेक्शन (पाँच दिन) ।
७. तेज रफ्तारमा १७५ करोड नेट बक्स अफिस कलेक्शन (पाँच दिन) ।
८. अल टाइम सर्वाधिक बक्स अफिस कलेक्शन (१८०.३६ करोड़ रु. नेट बक्स अफिस कलेक्शन र २५३ करोड़ रु. ग्रस बक्स अफिस कलेक्शन) ।
९. ईदमा रिलीज भएको सर्वाधिक वीकेन्ड कलेक्शन ।
१०. यशराजको चलचित्रमध्ये वीकेन्डमा सर्वाधिक कलेक्शन ।
११. सलमान खानका चलचित्रमध्ये सबैभन्दा बढि वीकेन्ड कलेक्शन ।
१२. ओपनिङ् वीकेन्डमा विश्वभरमा ३४५ करोडको आँकडा छूने पहिलो चलचित्र ।
१३. अमेरिका र क्यानडामा सर्वाधिक नन होलिडे ओपनिङ् कलेक्शन ।
१४. अष्ट्रेलिया र न्यूजील्याण्डमा सर्वाधिक ओपनिङ् वीकेन्ड ।
१५. यूके र आयरल्याण्डमा पहिलो दिन सर्वाधिक कमाई ।
१६. यूके र आयरल्याण्डमा पहिलो वीकेन्डमा सर्वाधिक कमाई ।
१७. यूएई-जीसीसीमा हलीउड तथा बलिउडको सर्वाधिक एडभान्स बूकिङ् ।
१८. यूएई-जीसीसीमा तेज रफ्तारमा ५० लाख डलरको आँकडा (पाँच दिन) ।
१९. पाकिस्तानमा मात्र तीन दिनमा १० लाख डलर कमाउने एकमात्र चलचित्र ।
२०. पाकिस्तानमा भारतिय चलचित्रमा सबैभन्दा बढि ओपनिङ् ।