‘पानी अमला’ गायक भन्छन्, ‘त्यो बेला निकै दुखले गीत ल्याएको थिएँ’



hari-paudel

ठुलोपर्दा डटकम, कोलम्बस।
‘पानी अमला, हाँसेर बोलिदेउ बैनी कमला’ बोलको गीत त तपाईँले याद गर्नुभयो होला । यो गीत गाउने गायकले अहिले भने त्यति गीत गाएका छैनन् । उनि हाल अमेरिकामा बस्दै आएका छन् । उनि ‘पानी अमला’ भाग तीनको तयारी गरिरहेका छन् ।

भुटानी समुदायका हरीले थुप्रै नेपाली लोक तथा दोहोरी तथा लोक गीत गाएका लोक गायक हरि पौडेलले त्यो बेला निकै दुखले उक्त गीत ल्याएको बताए । उनि शब्द संकलक पनि हुन् । शरणार्थी क्याम्पमा बस्दै गर्दा नेपाली लोक संगीतलाई उनले अगाडी बढाएका थिए ।

२०४८ सालतिर शरणार्थी क्याम्प शनिश्चरे बसेका थिए । त्यहि समयबाट नै उनले गीत गाउन सुरु गरेका हुन् । उनले २०६१ सालमा ‘पानी अमला’ बोलको गीत ल्याएर एकाएक चर्चामा आएका थिए । त्यतिबेला सम्म भुटानी समुदायमा लोक गीत थिएनन् । अडियो क्यासेटको जमानामा आएको उक्त गीतको व्यापार निकै राम्रो भएको थियो ।

नेपाली भाषाका बिभिन्न गीत गाएका हरी पौडेल अहिले अमेरिकामा छन् । उनि झण्डै एक दशकदेखी अमेरिका बस्दै आएका छन् ।

हेर्नुहोस् हरिसँग गरिएको कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu