तीज गीतमा रातो सारी लगाएर राजेशले मारे ठुम्का (भिडियो)



rajesh-hamal-dance

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र १० गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘शकुन्तला’को तीज बिशेस गीत सार्वजनिक भएको छ । यो गीत तीज भएर मात्र बिशेष छैन, राजेश हमालले महिलाको भेषमा रातो सारी लगाएर ठुम्का मारेका छन् । यसकारण पनि यो गीत बिशेस छ ।

सार्वजनिक गीतमा एक नारायण भण्डारीका शब्द तथा संगीत छ भने जीवन परियार र केशु गुरुङ्को स्वर छ । यस गीतका कोरियोग्राफर शंकर बिसी हुन् । गीतमा शंकर आँफैले नृत्य गरेका छन् भने राजेश हमालको साथमा नायक किशोर खतिवडा पनि देखिएका छन् ।

दिनेश श्रेष्ठ निर्देशित यो चलचित्रमा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ । श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा नायिका अनु रिपोर्टरको भुमिकामा देखा परेकी छिन् ।

सस्पेन्स कथाबस्तु भएको यो चलचित्रमा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu