ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शकुन्तला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजेश हमालले महिलाको रुप लिएका छन् भने नायक किशोर खतिवडाको दमदार एक्शन देख्न सकिन्छ ।
दिनेश श्रेष्ठ निर्देशित ‘शकुन्तला’मा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ ।
सस्पेन्स कथाबस्तु भएको यो चलचित्र श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको हो । यस चलचित्रमा अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।
ट्रेलर हेर्नुहोस्: