‘पँलास’ टिजर रिलीज, के ‘सेक्स वर्कर’ बनेकी हुन् रेखा ? (भिडियो)



rekha-thapa-palans

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘पलाँस’को टिजर रिलिज गरिएको छ । कृषा चौलागाइँको निर्माणमा तयार भएको टिजरमा रेखा थापा र कामेश्वर चौरासिया देखिएका छन् । यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।

चलचित्रमा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । चलचित्रको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गरिएको छ । तिहारमा चलचित्र रिलिज हुने जानकारी निर्मात्री कृषा चौलागाइले दिएकी छिन् । टिजरमा कुनै पनि संवाद राखिएको छैन ।

टिजर हेर्दा नायिका रेखा थापाको भूमिका ‘सेक्स वर्कर’को अनुमान लगाउन सकिन्छ । यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ ।

हेर्नुहोस् टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu