ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र निर्देशक समाजको निर्वाचनमा अध्यक्ष पदमा सुचित्रा श्रेष्ठ विजयी भएकी छिन् । उनले प्रत्यासी राजु केसीलाई ३५ मतले पछि पार्दै विजयी बनेकी हुन् ।
श्रेष्ठले ६९ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, उपाध्यक्ष पदमा रक्षासिंह राणा र दिपक खाँड विजयी भएका छन् । रक्षाले सर्वाधिक मत ८३ प्राप्त गरिन् भने दिपकले ४९ ल्याएका थिए । समाजको महासचिवमा भने गोपाल चन्द्र लामिछाने निर्विरोध भएका छन् ।
सचिवमा शेखर खनाल विजयी भए । विश्वमणी घिमिरे कोषाध्यक्ष पदमा विजयी बने । सहकोषाध्यक्ष पदमा राजु अधिकारी विजयी भए । सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए । मूख्य सहायक निर्देशकबाट हरि सिलवाल र पवन प्रसाद खतिवडा निर्विरोध भए ।
जम्मा १३८ जना मतदाता मध्ये १०३ मत मात्र खसेको थियो । चलचित्र विकास वोर्डको प्रांगणमा भएको मतदानमा कुनै मत बदर भएन ।