सोझा बिराजको मन कस्तो ? (भिडियो)



biraj-and-nishan-sojhai-ho

ठुलोपर्दा डटकम, काठमाण्डौ।
श्रावण २८ गते रिलीज हुने नेपाली चलचित्र ‘जय पर्शुराम’को दोश्रो गीत रिलीज गरिएको छ । ‘सोझै हो’ बोलको गीतमा बिराज भट्ट र निशा अधिकारीले नृत्य गरिरहेका छन् ।

यो गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर रहेको छ भने एक नारायण भण्डारीका शब्द तथा महेश खड्काको संगीत छ । गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ र रामजी लामिछाने हुन् ।

रोज राणाले पहिलोपटक निर्देशन गरेको यो चलचित्रमा बिराजलाई इमान्दार प्रहरी अधिकृतको भूमिकामा देख्न सकिनेछ । उपमा केसी कार्यकारी निर्माता रहेको यो चलचित्रमा मिलन श्रेष्ठ, कुमार बस्नेत, रुपक राणा र रुपम राणा निर्माता रहेका छन् ।
मौनता श्रेष्ठको लेखन रहेको ‘जय पर्शुराम’मा एनबि महर्जनको एक्शन रहेको छ । महेश खड्काको संगीत छ भने रामेश्वर कार्कीको छायांकन र सुवास देवकोटाको सम्पादन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu