ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता छविराज ओझाले निर्माण गरेको नयाँ चलचित्र ‘किस्मत २’को अर्को गीत सार्वजनिक भएको छ । ‘उनी आकाशबाट झरेकी अप्सरा’ बोलको गीतमा शिल्पा पोख्रेल, किशोर खतिवडा र नव-कलाकार पृथ्विराज शर्मा देखिएका छन् ।
गीतमा उदितनारायण झाको स्वर, अर्जुन पोख्रेलको संगीत, अमृत रेग्मीको शब्द छ । ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्र असोज २१ गते फूलपातीको अवसर पारेर रिलिज हुनेछ ।
रामजी लामिछानेले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।
गीत हेर्नुहोस्: