पर्दा पछाडीका अनुहार अगाडी ल्याउँदै ‘एलजी फिल्म अवार्ड’ वितरण हुने (भिडियो)



DINESH-DC-LG-FILM-AWARDS

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र २२ गते राजधानीमा पहिलो पटक ‘एलजी फिल्म अवार्ड’ वितरण हुने भएको छ । पर्दा पछाडि काम गर्ने चलचित्रकर्मीहरुलाई अगाडी ल्याउँदै यो अवार्ड प्रदान गरिने आयोजक अध्यक्ष दिनेश डिसीले बताए । सिनेमा सर्कल नेपाल र दिनेश डिसि प्रडक्शनले संयुक्त रुपमा अवार्ड आयोजना गरेका हुन् ।

उचित रुपमा पुरस्कार अथवा प्रोत्साहन नपाएका स्टन्टम्यान, पोस्टर डिजानर, ट्रेलर मेकर लगायतका २२ विधामा अवार्ड प्रदान हुने बताईएको छ । अवार्ड वितरण समारोहमा भारतीय चलचित्रका अभिनेता तथा एमएलए शत्रुघन सिन्हा विशेष अतिथिको रुपमा सहभागि हुनेछन् । सिन्हाले नेपालको पर्यटन प्रवर्द्धनको लागि पनि सहयोग गर्नेछन् ।

अवार्डको प्रमूख प्रायोजक LG रहेको छ साथै चौधरी ग्रुपका बिभिन्न उत्पादन सहप्रायोजकमा रहेका छन् । अवार्डलाई चलचित्र विकास वोर्ड तथा नेपाल पर्यटन वोर्डले समेत सहयोग गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu